कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने



काठमाडाैँ । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज (शनिबार) सार्वजनिक गर्ने भएको छ ।प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सो घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने कांग्रेस पार्टी कार्यालयले जनाएको छ घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको हो ।


सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।