थप १२६८ जनामा सङ्क्रमण पुष्टी, ९ को मृत्यु



१९ भदाै । पछिल्लाे २४ घण्टामा थप एक हजार २६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । हाल नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३१ हजार ८२६ रहेका छ ।

यस्तै गत २४ घण्टामा थप दुई हजार १९५ जना सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ व्यक्ति निको भई घर फर्किएका छन् । शुक्रबारको तुलनामा निको हुने दर बढेको छ । आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।


यस्त् पछिल्लाे २४ घण्टामा सङ्क्रमणबाट थप ९ जनाकाे ज्यान गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको सङ्क्रमणका कारणले मृत्यु भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणका कारण मृत्यु भएकाे छ । नेपालमा प्रति १० लाखमा ३६४.६ जनाको सङ्क्रमणको कारणले मृत्यु हुने गरेको छ ।

यस्तै ५५४ जना सघन उपचारकक्ष (आइसीयू), १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ छन् । एक लाख सात हजार ५९८ जनाले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।