वनभोज खान गएका एकजनाको मृत्यु, एक बेपत्ता



जाजरकाेट । भेरी नदीको किनारमा वनभोज खान गएका एक युवकको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

वनभोज खान गएका भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरीमा बेपत्ता भएका छन् । नदीमा डुबेका वीरेन्द्र शाहीको भने जीवितै उद्धार गरिएको निरौलाले बताए ।


खड्का र केसी डुबेपछि उनीहरुलाई बचाउन गएका शाही बगेर बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । तिहारको अवसरमा केही दिन अघि सदरमुकाम खलङ्गामा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । खसी बाजी जितेका युवाहरुले आज भेरी नगरपालिका–११ मटेलास्थित भेरी किनारमा वनभोज आयोजना गरेका थिए ।