काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन जारी गरेको छ ।
मंगलबार आयोगले सात बुँदे निर्देशन जारी गरेको हो । जसअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले बढीमा ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् भने प्रदेशसभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् ।