काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजातिलाई समानरूपमा व्यवहार गरिनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक जनजाति महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सबै जातजातिको सबलीकरणबाट नै मुलुकको विकास हुने उनले बताए ।
कसैले पनि निहित स्वार्थ बोकेर जातजातिको विखण्डनमा लाग्न नहुनेमा पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले जोड दिए । जनजातिलगायत अल्पसङ्ख्यक समुदायको समृद्धि र उन्नयनमा पार्टी लागेको बताउँदै उनले यसका लागि समुदायगतरूपमा एकताबद्ध हुनु जरुरी रहेको बताए ।