काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो , के-के खुल्यो?



१६ भदाै । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन् । ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन्।

भदौ १७ गतेदेखि उपत्यकाका सबैखाले निजी र सरकारी कार्यालय तथा व्यवसायहरू सञ्चालन गर्न पाइनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमितको संख्या घटेकाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी निषेधाज्ञा खुकुलो पारिएको जानकारी दिए। उनले भने ‘अहिले कोरोना संक्रमितको संख्या घटेको छ, त्यसैले कडाइ गर्नुपर्ने अवस्था भएन, अब स्कुलबाहेक स्वास्थ्य मापदण्ड अपनाएर सबै क्षेत्र खुला हुनेछन् ।’


‘निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं । स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं’ उनले भने ।

May be an image of text