कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा शसस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रङ्गशालामा भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नवौँ राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्णपदक हो ।
सोही स्पर्धामा कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत पदक जिते । उनले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ९३ सेकेन्ड समय लगाउँदै रजत पदक जितेका हुन । त्रिभुवन आर्मी क्लबका मुकेश पालले कास्य जिते । उनले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पूरा गरे ।