यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको रेट अहिलेसम्मकै उच्च



काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।    

आज डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ। डलरको यो रेट अहिलेसम्मकै उच्च हो । बुधबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा रहेको थियो ।


यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?