बैतडी । ‘प्रधानमन्त्री कप’ एकदिवसीय क्रिकेट प्रतियोजिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीले विजयी सुरुआत गरेको छ। आज भएको खेलमा बैतडीले बझाङलाई छ विकेटले पराजित गर्दै विजयी सुरूआत गरेको हो।
बझाङले दिएको १२२ रनले लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। जसमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे। बझाङका अनिल थापाले तीन र सुशील रावलले एक विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको बझाङ ३८ ओभरमा १२१ रनमा अलआउट भयो।
उसका गजेन्द्र भण्डारीले २९ र अनिल थापाले २५ रन बनाए। बैतडीका खडक बोहराले तीन, वसन्त खत्री र हिक्मत महराले दुई÷दुई विकेट झारे। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुँदैछ।