अफ्रिकी देश नाइजेरियामा विनाशकारी बाढीका कारण ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। नाइजेरियाको मानवीय मामिला मन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले बाढीबाट २० लाखभन्दा बढी मानिस प्रभावित भएको र दुई लाखभन्दा बढी घर ध्वस्त भएको बताएको छ। नाइजेरियामा एक दशकमा देखिएको यो सबैभन्दा खराब बाढी हो ।
नाइजेरियाका मानवीय मामिला मन्त्री सादिया उमर फारुकले आइतबार थप बाढी आउन सक्ने चेतावनी दिदै र क्षेत्रीय सरकारहरूलाई सोही अनुसार तयारी गर्न आग्रह गरेका थिए। यसैगरी यस महिनाको शुरुमा, नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले विनाशकारी फ्लूको चेतावनी दिएको थियो।
“हामी सम्बन्धित राज्य सरकारहरू, स्थानीय सरकार परिषद्हरू र समुदायहरूलाई सम्भावित बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई उच्च स्थानमा सार्ने, पाल र राहत सामग्री, शुद्ध पिउने पानी र साथै सम्भावित प्रकोपको लागि चिकित्सकीय सामग्रीको आपूर्तिहरूको तयारी राख्न आह्वान गरिरहेका छन् ।