भारतबाट डिजेलको मूल्य लिटरमै १५ रुपैयाँले बढेर आयो



काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । निगमका अनुसार आइतबार आएको नयाँ मूल्य सूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर १.७४ रुपैयाँ, डिजेलमा १५ रुपैयाँ ६० पैसा र हवाई इन्धनमा १० रुपैयाँ २५ पैसाले बढेर आएको छ ।


अब पेट्रोलमा एक रुपैयाँ ७४ पैसा प्रतिलिटर घाटा हुने निगमले जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा हुने निगमको भनाइ छ । यद्यपि निगम घाटामा भने छैन ।

अब समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने विज्ञप्तिमा उल्लेख छ ।