काठमाडौँ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दा भएको सबै खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ ।
पछिल्लो समय निरन्तरजसो सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै आएको थियो । सरकारी निवासमा बैठक बस्दा राज्यको ढुकुटी प्रयोग भएको भन्दै आलोचना हुँदै आएकोमा अब सबै खर्च व्यहोर्ने घोषणा कांग्रेसले गरेको हो ।
कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले कांग्रेसले खर्च बेहोर्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सहमति जनाएका बताइएको छ ।
ती बैठकहरुका भएको खर्चको बिल केन्द्रीय कार्यालयमा पेश गरी रकम चुक्ता गरिने भएको छ ।