थप ५१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडाैँ । नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ७२३ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यस्तै पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल ५९८ जना संक्रिय संक्रमित रहेका छन् ।