घनश्याम भूसालले पाए ‘त्रिभुज’ चुनाव चिह्न



काठमाडौँ । टिकट नपाएपछि नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न ‘त्रिभुज’ पाएका छन् । निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको हाे । त्यस क्रममा भूसालले त्रिभुज चिह्न पाएका हुन् ।

प्रतितिनिधिसभा निर्वाचनका लागि भूसालको नाम एकल रुपमा सिफारिस भएको भए पनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट नदिएपछि पार्टी परित्याग गर्दै सत्ता गठबन्धनकाे समर्थनमा उनले रुपन्देही- २ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।


उनले सामाजिक संजालमा चुनवा चिह्न सेयर गर्दै भाट माग्न पनि थालिसकेका छन् । सो क्षेत्रमा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनबाट रुपन्देही- १ माओवादी केन्द्रको भागमा परे पनि उम्मेदवारी दिएको छैन ।