प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा बुधबार बिदाइ भेट गरेकी छन् ।

राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदैछिन्।