गोदावरी नगरपालिकामा ३२ जनालाई डेङ्गु संक्रमण



ललितपुर । गोदावरी नगरपालिकामा ज्वरो आएका चार सय ५० व्यक्तिमध्ये एक सय ३२ जनालाई डेङ्गु  देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको  वडा नं ३, ११, १२, र १४ मा  डेङ्गुको बढी सङ्क्रमण बढी देखिएकाले नियन्त्रणका लागि  विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ । 

रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै  सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी गरिराखेको उनको भनाइ थियो ।  


अहिले नगरपालिकामा डेङ्गुको सङ्क्रमण कम भए पनि सर्तक रहन आह्वान गरिएको र त्यसका लागि पारासिटामोललगायत औषधि पर्याप्त व्यवस्था गरिएको बताइएको छ । नेपालमा ३३ हजार ९७५ मा डेङ्गु सङ्क्रमण भएकामा मृत्यु  हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ ।