निर्वाचन कार्यतालिका : आज उम्मेदवारको नामावली प्रकाशन, भोलि निर्वाचन चिह्न प्रदान



काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

बुधबार १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन समय तोकिएको छ । बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ  ।


उमेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले व्यवस्था मिलाएको थियो ।

आयोगले उम्मेदवारहरूमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरूको उम्मेदवारी स्वतः रद्द हुने  जनाएको छ ।