पर्यटनमन्त्री श्रेष्ठद्वारा काठमाडौँ क्षेत्र ८ मा उम्मेदवारी दर्ता



काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले काठमाडौँ क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सचिव श्रेष्ठले उम्मेदवारी दर्ता गराएकाे उनको निजी सचिवालयले जनाएको छ ।


उनी विसं २०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव श्रेष्ठ हाल नेपाल ओलम्पिक कमिटीको अध्यक्षसमेत हुन् ।