दाङ-२ मा एमाले महासचिव शंकर पोखरेलको उम्मेदवारी दर्ता



दाङ । प्रतिनिधिसभा सदस्यका लागि दाङ २ मा एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पोखरेलले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। सोही क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका रेखा शर्माले उम्मेदवारी दर्ता गराएकी छन्।