प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता



धनगढी । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । यसपटक देउवापत्नी आरजु देउवाले उनको मनोनयन दर्ता गराएकी हुन् ।

प्रधानमन्त्री देउवाका तर्फबाट मन्जुरीनामा लिएर उम्मेदवारी दर्ता गराउन शनिबार साँझ नै प्रधानमन्त्रीपत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा डडेलधुरा आइपुगेकी थिइन् ।


आरजु, जिल्ला सभापति भीबबहादुर साउद, लगायतका नेताले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएका हुन् ।

यसभन्दा अघिल्ला निर्वाचनमा देउवाका तर्फबाट स्थानीय नेताहरूले उम्मेदवारी दर्ता गर्ने गरेका थिए । देउवाले २०४८ र २०५६ बाहेकका हरेक निर्वाचनमा प्रतिनिधि मार्फत् उम्मेदवारी दर्ता गराउँदै आएका छन् ।