मानुषी यमी भट्टराईले गराइन् काठमाडौँ -७ बाट उम्मेदवारी दर्ता



काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दर्ता गराएकी छन्। सत्ता गठबन्धनको तर्फबाट भट्टराईले उम्मेदवारी दिएकी हुन्। 

भट्टराइले त्रिभुवन विश्वविद्यालयमा स्ववियु सचिवको समेत जिम्मेवारी सम्हालिसकेकी छन्। यो क्षेत्रबाट जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ भिड्दैछन् भने एमालेले श्याम घिमिरेलाई टिकट दिएको छ ।