काठमाडौँ-७ मा एमालेका रामवीर मानन्धरको बागी उम्मेदवारी



काठमाडाैँ । काठमाडौँ निर्वाचन क्षेत्र ७ मा नेकपा एमालेका रामवीर मानन्धरको बागी उम्मेदवारी परेको छ । मानन्धरले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 

मानन्धर यसअघिका निर्वाचनमा एमालेबाट काठमाडौँ ७ बाट निर्वाचित हुँदै आएका थिए । तर, यसपटक उनलाई पार्टीले टिकट दिएको थिएन । 


एमालेले उक्त क्षेत्रमा श्याम घिमिरेलाई टिकट दिएको छ भने सत्ता गठबन्धनबाट मानुषी यमी भट्टराईले उम्मेदवारी दिएकी छन् ।