एमालेको समर्थनमा राजेन्द्र लिङ्देनले झापा-३ मा गराए उम्मेदवारी दर्ता



झापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन् ।

उनले आइतबार बिहान ११ बजेर ३० मिनेटको साइतमा झापाको निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् । लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन छ ।


प्रस्तावक माधव पोखरेल, समर्थक एमालेका लक्ष्मण पाठक बसेका छन्। सत्ता गठबन्धनबाट कृष्ण सिटौलाले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित भएका थिए।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ। निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।