पहिरोले भीमदत्त र केआईसिँह राजमार्ग अवरुद्ध



डडेल्धुरा । सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन् ।डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ । लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत् सेवासमेत अवरुद्ध हुँदै आएको छ ।