माओवादीको समानुपातिक बन्दसूची : बाबुरामलाई ४ सिट



काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आयोगले आज (आइतबार) बिहान सार्वजनिक गरेको हो।


आम निर्वाचनमा सहभागी राजनैतिक दलहरुले समानुपातिक तर्फको उम्मेदवारी असोज २ गते आयागेमा दर्ता गराएका थिए । आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।

नेकपा माओवादीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभातर्फको समानुपातिक बन्दसूचीमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई ४ सिट दिइएको छ । 

नेपाल समाजवादी पार्टी र माओवादीले निर्वाचन आयोगमा संयुक्तरुपमा दल दल दर्ता गराएका थिए ।