लोसपाले प्रतिनिधिसभामा ७ र प्रदेशसभातर्फ १६ सिट सिट पाउने



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभामा ७ र प्रदेशसभातर्फ १६ सिट पाउने भएको छ । शनिबार नेपाली कांग्रेस र लोसपाका नेताहरुबीचको बैठकले लोसपाले प्रतिनिधिसभाका ७ सिट र प्रदेशसभाका १६ सिट लिने गरी सहमति जुटाएको हो ।

सहमतिपत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् । गठबन्धनमा लोसपासहित कांग्रेसले प्रतिनिधिसभाका ९८ सिट पाएको थियो ।


सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४७, नेकपा एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएका छन् ।