एमालेबाट भक्तपुर-१ मा नवराज गेलाल र २ मा महेश बस्नेतलाई टिकट



भक्तपुर । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरूको नाम सार्वजनिक भएको छ।

सोहीअनुसार एमालेले भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाललाई टिकट दिने टुंगो लगाएको छ । गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए ।


यस्तै, भक्तपुर क्षेत्र नं २ मा महेश वस्नेतको नाम सार्वजनिक भएको छ । उनी पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो पटकको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

यस्तै प्रदेश सभा १ ख (भक्तपुर नगर) मा नारायणसुन्दर सिन्ताकल र १ क (चाँगुनारायण) मा मोहनवीर श्रेष्ठको नाम सार्वजनिक भएको छ ।

यस्तै प्रदेश सभा २ ख (मध्यपुर थिमि) मा चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा २ क (सूर्यविनायक) मा किरण थापाको नाम सार्वजनिक भएको छ । एमालेका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाका अनुसार सर्वजनिक भएका नामावली परिवर्तन हुनसक्ने बताइएको छ ।