फ्रान्सेली लेखिका एनी एनोक्सलाई साहित्यतर्फको नोबेल पुरस्कार



यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ । नोबेल छनोट समितिका अनुसार यस वर्षको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने भएको हो । एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक ’क्लिनिकल एक्युटी’ मा कैयौँ लेख लेखेकी छिन् ।

उनले फ्रेन्च, अङ्ग्रेजीमा कैयौँ उपन्यास पनि लेखेकी छिन् । लेखिका एनीको जन्म सन् १९४० मा भएको थियो । उनी नरमेडीको छोटो सहर यवेटोटमा हुर्किएकी हुन् । जहाँ उनका आमाबुबा किराना पसल र क्याफे चलाउँथे । यो पुरस्कारको राशी एक करोड स्वीडिश क्रोनर अर्थात् नौ लाख १५ हजार अमेरिकी डलरभन्दा धेरै छ ।


सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलराजक गुरनाहलाई दिइएको थियो । उनले उपनिवेशवादको प्रभाव, संस्कृतिलाई लिएर लेख लेखेका कारण यो पुरस्कार दिइएको थियो ।