काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ ।
नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसके पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्बोधन गर्नका लागि बैठक बसेको हो ।
संस्थापन इतर डा. शेखर कोइराला पक्षले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्बोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबीच रस्साकस्सी चलिरहेको छ ।
संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सूची बुझाएको दाबी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ ।