काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर गरिएको ९ सय ४१ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परीक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु भएको छैन ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ३ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।