ताप्लेजुङमा पाथीभरा म्याराथन



फुङ्लिङ । ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो ।

पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन् । धावकले सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्टी, माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरी त्यही मार्ग भएर तोक्मेडाँडा आइपुग्नुपर्ने छ ।


हाफ महिला म्याराथनतर्फ पनि यही मार्गको काफ्लेपाटी पुगेर फर्किनुपर्ने म्याराथन सञ्चालन समितिका संयोजक यिगेन्द्र गुरुङले बताए । खुलातर्फ प्रथम पुरस्कार एक लाख ५१ हजार, द्वितीयलाई एक लाख ११ हजार र तृतीयलाई ५१ हजार तथा महिलातर्फ प्रहिलोलाई ८१ हजार, द्वितीयलाई ५१ र तृतीयलाई ३१ हजार प्रदान गरिने छ ।