थप ५१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।

हाल देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् ।