प्रतितोला १ हजार रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडाैँ । आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा काराेबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा ३० रुपैयाँले घट्दै एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।