नेपाल फाइनलमा पराजित भएपछि राष्ट्रिय टिम छाड्ने प्रशिक्षकको घोषणा



काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजीत भएपछि राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले पद त्‍याग गर्ने घोषणा गरेका छन् ।

उनले आफ्नो लक्ष्य उपाधि जित्ने भएको र त्यो पूरा नभएपछि पद त्याग गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘मेरो लक्ष्य साफको उपाधि जित्ने थियो । तर त्यो पूरा हुन सकेन । त्यसैले पदमा बसिराख्न औचित्य देखिनँ, अरू प्रशिक्षकलाई स्थान दिनुपर्छ ।’


सोमबार दशरथ रंगशालामा भएको छैंटौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप खेलमा नेपाल बंगलादेशसँग ३– १ गोलले पराजीत भएको थियो ।

योसमेत गरी नेपाल पाँचौं‌ पटक फाइनलमा पराजित बनेको हो।