काठमाडौँ । संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा ८औं संविधान दिवस मनाएको छ ।
विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलगायतको उपस्थिति थियो ।