संविधान दिवसमा राष्ट्रपतिद्वारा ६८१ जनाको कैद माफी मिनाहा



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २१ जनाले सजाय माफी पाएका छन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार कैद कट्टा हुनेमा पासाङ शेर्पा शेर्पा, इन्द्र कुमार लिम्बुलगायत छन् ।