सर्वोच्च फर्कदै चोलेन्द्र, प्रवेश गर्न नदिने बारको चेतावनी



काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अदालत फर्कने भएका छन् ।

आफूविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदन सभामुखलाई बुझाएको र प्रतिनिधिसभाको कार्यकाल सकिएको भोलिपल्ट अदालत फर्कन लागेका हुन् । उनले कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि सूचना दिएको स्रोतले जानकारी दिएको छ ।


यता चोलेन्द्र फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । सरकारले प्रहरी लगाएर चोलेन्द्रलाई रोक्ने तयारी गरेको छ ।

जबराको यो तयारीको सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने विरोध गरेको छ । निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बारको तयारी छ ।

एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा अवरोध गर्ने बताएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरू सर्वोच्च अदालतको गेटमै रहेको र जबरा प्रवेश गर्न खोजे आफूहरूले अवराेध गर्ने बताए । जबरा निलम्बनमै रहेको कारण उनको उपस्थिति स्वीकार्य नहुने घिमिरेले बताए ।