चीनका राष्ट्रपतिद्वारा टर्कीसँग थप राजनीतिक विश्वास गर्न आग्रह



चीनका राष्ट्रपति सी चिनफिङले शुक्रबार आफ्नो टर्की समकक्ष रिसेप तैयप एर्दोगानसँग भेट गरेका छन् । मध्य एशियामा क्षेत्रीय सुरक्षा बैठकमा दुई पक्षबीच राजनीतिक पारस्परिक विश्वास गर्न उनले आग्रह गरे ।

उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग सङ्घठन (एससीओ) शिखर सम्मेलनको क्रममा सी र एर्दोगानबीच भेट भएको थियो । टर्की एससीओको एक संवाद साझेदार हो । सन् २००१ मा स्थापित भएको यस सङ्गठनमा चीन, भारत, पाकिस्तान, रुस र धेरै पूर्वसोभियत राज्य मिलेर बनेको छ ।


‘दुई पक्षले राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्नुपर्छ, एकअर्काको मुख्य हितलाई सम्मान गर्नुपर्छ र चीन–टर्की रणनीतिक सहयोग सम्बन्धको राजनीतिक आधारलाई सुदृढ बनाउनुपर्छ,’ सीले भनेको चिनियाँ राज्य सञ्चालित समाचार समिति सिसिटिभी जानकारी दिएको छ । हामीले विकास सहयोगमा ध्यान केन्द्रित गर्नुपर्छ दुई देश बीचको विभिन्न सहयोग संयन्त्र र सम्बन्धित शक्तिको भूमिकालाई पूर्णरूपमा खेल्नुपर्छ,“ सीले भने ।

सीले बेल्ट एण्ड रोड विश्वव्यापी व्यापार पहलमा थप सहयोगका लागि जोड दिए । दुई देशले “अन्तरराष्ट्रिय औद्योगिक र आपूर्ति श्रृङ्खला, खाद्य र ऊर्जा सुरक्षाको रक्षा गर्न योगदान दिनुपर्छ,” सीले भने ।

सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका इब्राहिम राईसीलाई क्षेत्रीय सुरक्षा शिखर सम्मेलनमा पनि भेट गरेका छन् । चिनियाँ नेताले कोरोनाभाइरस महामारीको प्रारम्भिक दिनदेखियता यो पहिलो विदेश भ्रमण गरेका हुन् ।