बेलायतकी महारानीको अत्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का लन्डन जाँदै



काठमाडाैँ । परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

बेलायतको राजधानी लन्डनमा रहँदा उनले महारानीलाई श्रद्धाञ्जलि तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनाका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।


यसैगरी मन्त्री खड्का बकिङ्घम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनेछन् ।

मन्त्री खड्का आगामी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।