ओलीले सांसदहरुलाई बिदाइ गर्दै भने– चमत्कारिक परिणाम आउने गरी खटिनुहोस्



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असोज १ गतेदेखि निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई एमालेको बहुमत पु¥याउने गरी गाउँगाउँमा खट्न निर्देशन दिएका छन् । शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदका रुपमा खेलेको भूमिकाप्रति धन्यवादसमेत दिए ।

उनले भने, ‘मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ ।’  


भोलि शनिबार अर्थात असोज १ गते मध्यरातदेखि संसदको कार्याकाल सकिने भएकाले पार्टीका सांसदहरुलाई निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन दिएका हुन् । उनले भने, ‘भोलिदेखि संसद रहँदैन । निर्वाचका लागि गाउँ–गाउँ जानुस् । आफूहरु गठबन्धनका विरुद्ध एक्लै लड्नुपर्ने अवस्था आएकोले आफ्ना उम्मेद्वारलाई जिताउने काममा लाग्नुस् ।’

सरकारले संसदको कार्यकाल लम्ब्याउजे प्रपञ्च गरेको भन्दै ओलीले भने, ‘तर, हाम्रो लागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ । त्यसैले भोलिदेखि सांसदमा आउँदैनौँ ।’

उनले भने, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पु¥याउन लाग्नुस् ।’