फिल्म ‘बाबरी’को गीत ‘मायाका रंगहरु’ मा अदिती र धिरजको प्रेम



काठमाडौँ । सनुप पौडेल र रचना रिमालको स्वर रहेको फिल्म ‘बाबरी’ नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बास्कोटाको शब्द संगीत रहेको गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

फिल्म आगामी असोज १४ गतेबाट देशभर रिलिज हुनेछ । फिल्ममा धीरज मगर, धीरज नाड्कर, अदिती बुढाथोकी बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।


बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह–निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् ।

फिल्ममा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गुरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ । फिल्मको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । फिल्मलाई । नरेन्द्र मैनालीले छायाँकन गरेका हुन् ।