चोलेन्द्रलाई पूरक प्रश्न नगर्न एमालेको प्रस्ताव



 काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई एमालेले पूरक प्रश्न नसोध्न प्रस्ताव गरेको छ।

महाअभियोग सिफारिस समितिको बैठकमा पूरक प्रश्न नगरेर थप कागजात संकलन गर्ने प्रस्ताव गरेको हो। थप प्रमाण जुटाउन एमालेबाट समितिमा प्रतिनिधित्व गर्ने नेताहरुले यस्तो प्रस्ताव राखेका हुन्।


महाअभियोग सिफारिस समितिको शुक्रबारको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले आवश्यक कागजात मगाएर मात्रै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

गठबन्धनका सांसद भने आजै पूरक प्रश्न गरेर प्रतिवेदन तयार पार्ने र भोलिको संसद बैठकमा पेश गर्ने योजनामा छन् ।