संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौँ । संघीय संसदका दुवै बैठक आज बस्ने भएका छन्।

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

दिउँसो १ बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय सुरक्षा परिषद् र सर्वोच्च अदालत/२०७७ न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।