महानगरले सडक पेटीमा व्यापार गर्न नदिएको भन्दै प्रदर्शन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा व्यापार गर्न नदिएको भन्दै प्रदर्शन भएको छ । नेपाल स्वरोजगार व्यापार श्रमिक संघको अगुवाईमा महानगरपालिकाविरूद्ध काठमाडौंमा प्रदर्शन भएको हो ।

काठमाडौंको भृकुटीमण्डपबाट विरोध र्याली शुरू गरेको र काठमाडौं महानगरपालिका कार्यालय अगाडि पीडितहरूले धर्ना दिने बताएका छन् ।


प्रदर्शनकारीले काठमाडौं महानगरपालिकाले स्वरोजगार श्रमिकमाथि दमन गरेको र त्यसविरूद्ध आफूहरू आन्दोलित हुन बाध्य भएको बताएका छन् । उनीहरुले ‘कि रोजगार देऊ, कि स्वरोजगार हुन देऊ’ भन्ने नारा अंकित प्ले–कार्ड प्रदर्शन गरेका छन् ।