नेपाललाई हराउँदै भारतले जित्यो यू–१७ साफको उपाधि



काठमाडाैँ । भारतले साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।  कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलको १८ औं मिनेटमा बोबी सिंहले गोल मार्फत भारतले अग्रता लिएको थियो । 

खेलको ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर पार्यो ।  खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६२औं मिनेटमा भारतका थङ्गालाइसुनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाए ।  खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४–० गोलको जितसँगै उपाधि दिलाए ।