यूएईका राजदूत छ वर्षपछि इरानमा जिम्मेवारी सम्हाल्ने गरी पुनः फिर्ता



इरानका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सैफ मोहम्मद अल जाबीले मङ्गलबार इरानका विदेशमन्त्री होसेन आमिर अब्दुल्लाहियानसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा अमिर अब्दुल्लाहियनले छिमेकीमुखी नीतिका आधारमा यूएईसँग सम्बन्ध विस्तार गर्न तेहरान इच्छुक रहेको बताए ।


इरानी विदेशमन्त्रीले स्थिरता र शान्तिका लागि क्षेत्रीय राष्ट्रहरूले सहकार्य गर्नुपर्ने र दुई देशबीचको सम्बन्धको विकासमा विद्यमान क्षमताको उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

यूएईका राजदूतले इरान फर्कन पाएकोमा खुशी व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई प्रबद्र्धन गर्न दुवै देशको आर्थिक र व्यावसायिक क्षमता महत्वपूर्ण कारक भएको बताए ।

दुई देश र क्षेत्रीय साझा हित प्राप्त गर्न इस्लामिक गणतन्त्र इरानका अधिकारीहरूसँगको सहकार्यमा द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन योगदान पु¥याउने उद्देश्यले यूएईका राजदूतले तेहरानमा आफ्नो कार्यभार पुनः सुरु गर्ने निर्णय अगस्टमा यूएईको विदेश मन्त्रालयले घोषणा गरेको थियो ।

एक शिया धर्मगुरुलाई साउदी अरबले मृत्युदण्ड दिएपछि इरानस्थित साउदी कुटनीतिक नियोगमा भएको आक्रमणको विरोधमा साउदी अरबले सन् २०१६ मा तेहरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो । यूइर्यले इरानस्थित साउदी कुटनीतिक नियोगमा भएको आक्रमणको विरोधमा इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो ।