केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्धारा सपथ ग्रहण 



केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले सपथ खाएका छन् ।  

नवनिर्वाचित राष्ट्रपति रुटोलाई सपथ खुवाउनका लागि राजधानी नैरोबीमा मङ्गलबार विषेश समारोहको आयोजना गरिएको थियो ।   समारोहमा २० अफ्रिकी देशका नेताहरू सहभागी थिए । केन्याका प्रभावशाली नेता रुटोले मुलुकको शान्ति सुरक्षा, आर्थिक अवस्था, जनताको जीवनस्तर लगायतमा सुधार ल्याउने प्रतिवद्धता गरेका छन् । 


सन् १९६६ मा जन्मिएका रुटोले गत अगस्ट ९ मा भएको राष्ट्रपतिय निर्वाचनमा जित हासिल गरेका हुन् । उनले विपक्षी दलका नेता राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् । पराजित भएका नेताले निर्वाचन धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेका थिए । तर सर्वोच्च अदालतले भने निर्वाचन परिणाम सही नै भएको फैसला गरेको छ ।  कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गरेका छन् ।