चिनियाँ प्रधानमन्त्रीको अर्थतन्त्रलाई स्थिर बनाउन नीतिगत कार्यान्वयनमा जोड



चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आर्थिक वृद्धि, रोजगारी र मूल्य स्थिरताका लागि नीतिगत उपायहरूको कार्यान्वयन सुनिश्चित गर्ने प्रयासमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य समेत रहेका लीले अर्थतन्त्रको स्थिरताका लागि काम गर्ने दुई कार्यसमूहको प्रतिवेदन सुनेपछि विशेष बैठकमा उक्त टिप्पणी गरेका हुन् ।