चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ता कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने भएका छन् । कोरोनाभाइरस महामारीको प्रारम्भिक दिनदेखि हालसम्म उनको यो पहिलो विदेश भ्रमण भएको बेइजिङले जानकारी दिएको छ ।
सीले उज्बेकिस्तानको समरकन्दमा हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को नेताहरुको शिखर सम्मेलनमा भाग लिन लागेको जनाइएको छ ।
बुधवारदेखि शुक्रबारसम्म कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।
एससीओ चीन, रुस, भारत, पाकिस्तान, साथै चार मध्य एसियाली देशहरु कजाकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान मिलेर बनेको छ ।यस शिखर सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेक शहर समरकन्दमा हुने भएको छ । यसअघि चीनका राष्ट्रपति सन् २०२० जनवरीमा म्यान्मारको भ्रमणमा गएका थिए ।