चिनियाँ राष्ट्रपतिद्वारा बेलाइतका राजालाई बधाइ



चिनियाँ राष्ट्रपति सी चिन फिङले शनिबार बेलाइती राजा चार्ल्स तृतीयलाई गद्दीआरोहणका उपलक्ष्यमा बधाइ सन्देश पठाएका छन् । सो अवसरमा राष्ट्रपति सीले यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको सन्दर्भ स्मरण गरे ।

चिनियाँ राष्ट्रपतिले राजा चार्ल्स तृतीयसँग दुई देशका जनताबीच थप आपसी समझदारी र मित्रता अभिवृद्धि गर्न मैत्रीपूर्ण गतिविधि आदानप्रदान गर्दै पारस्परिक लाभ विस्तार गर्न आफू तयार रहेको बताए । उनले विश्वव्यापी मुद्दाहरूमा आपसी समझदारी सुदृढ पारेर अगाडि बढ्न आफू प्रयत्नशील रहेको समेत बताए । उनले यस्ता गतिविधिबाट दुई देश र सिङ्गो विश्वमा समेत विकास र शान्तिलाई टेवा पुग्ने विश्वास व्यक्त गरे।